गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारको बजेट : ४ महिनामा सरदर ९ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको बजेट : ४ महिनामा सरदर ९ प्रतिशत बजेट खर्च

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिनामा सरदर ९ प्रतिशत बजेट खर्च गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा हालसम्म पुँजीगत खर्च ६.५९ प्रतिशत र चालु खर्च ४.३१ प्रतिशत गरी जम्मा ९.८७ प्रतिशत खर्च गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो ।

जसमध्ये चालु र पुँजीगत गरी ३ अर्ब ९९ करोड ७ लाख ५१ हजार २५७ अर्थात् ९.८७ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को अन्तिम महिना असारको ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च गरेको थियो ।

सम्बन्धित् समाचार