गृहपृष्ठ Featured बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड : डीपीआर निर्माणको काम सुरु

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड : डीपीआर निर्माणको काम सुरु

बुटवल ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति अन्तर्गत डीपीआर निर्माणको काम सुरु भएको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो ।

उक्त सडक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको छ । जस अनुसार गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्न कर्मचारीहरू फिल्डमा खटिएका छन् ।

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया पनि चाँडै सुरु हुने जानकारी दिए ।

उनका अनुसार गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि एक विदेशी कम्पनीले डीपीआरको काम सुरु गरेको छ ।

परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।

उनले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पारे । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ ।

अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउँछन् ।

सम्बन्धित् समाचार