काठमाण्डाै ।
केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधिका लागि आज शुक्रवार त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसाे साढे १२ बजे पाेखरा रङ्गशालामा शुरु हुनेछ ।
हिजाे बिहीवार भएकाे पहिलाे सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे । यस्तै दाेस्राे सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेकाे हाे ।
प्रतियाेगिताकाे उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै ‘म्यान अफ द सिरिज’ ले ३० हजार, बेस्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउने छन् ।








