सागर वि.क., वैखरी अनलाईन ।
प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले हाल वर्तमान गठबन्धनको सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताए । उनले सरकार जनताप्रति जवाफदेही समेत नभएको आरोप लगाए ।
जनताका माग पुरा गर्न ठोस योजना आवश्यक रहेको तर सरकारले त्यो योजना ल्याउन नसकेको उनको भनाई छ ।
वर्तमान सरकार आफ्नो गठबन्धन टिकाउनका निम्ति लागेको बताउँदै उनले भने, ‘यो सरकार जनताको सरोकारतिर लागेको छैन् । त्यसकारण हामी खबरदारी गरिरहेका छौं ।’
उनले महोत्सवले औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने बताए ।








