गृहपृष्ठ Featured ‘संविधान कार्यान्वयनमा सबै पार्टी जिम्मेवारी भई एक हुनुपर्छ’

‘संविधान कार्यान्वयनमा सबै पार्टी जिम्मेवारी भई एक हुनुपर्छ’

सागर वि.क., वैखरी अनलाईन ।

प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसकी नेतृ रूपा विश्वकर्मा पोख्रेलले लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि चौतर्फी रुपमा आक्रमण भएको बताएकी छिन् । संविधानको कार्यान्वयनमा सबै पार्टी जिम्मेवारी भई एक हुनुपर्ने उनको भनाई छ । विहिबार १४ औं कपिलवस्तु महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसकी नेतृ रुपा विक पोख्रेलले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
सहकारीहरु अर्थतन्त्रलाई मजबुत बनाउन खम्बा भएको बताउँदै उनले प्रश्न गरिन्, ‘आज सहकारीको अवस्था कस्तो छ ? तपाई कति जना डुविसक्नुभयो ?’
बैंकिङ्ग क्षेत्रले उद्योगी व्यवसायी ऋणिसंग गर्नुपर्ने समन्वय नगरेर दादागिरी गरेको उनको आरोप छ । कपिलवस्तु पर्यटकीय सम्भावना बोकेको जिल्ला भए पनि त्यसको लागी उचित प्रचारप्रसार हुन नसकेको उनले बताईन् ।
भर्खरै स्थापना भएका नयाँ पार्टीहरुबाट देश विकास सम्भव नभएको उनले बताईन् ।

सम्बन्धित् समाचार