बाणगंगा, वैखरी अनलाईन ।
१४ औँ कपिलवस्तु महोत्सवको चौथो दिन अर्थात आईतबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले ४ हजार बढीले मेला अवलोकन गरेको बताउँदै करिब ७ लाखको आर्थिक कारोबार भएको जानकारी दिए । उनले हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे ।
आईतबार चर्चित गायिका अस्मिता अधिकारी, चर्चित लोकदोहोरी गायक श्यामराना मगर, हास्य तथा लोक गायक उज्जल गिरी लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताए ।
उनले भोलि सोमबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी, लोक गायक बालचन्द्र बराल, लोक गायक कोपिला न्यौपानेसहिका कलाकारको प्रस्तुति रहने जानकारी दिए ।
यस्तै आईतबार आज १२ औं कपिलवस्तु डान्स आईडलमा २ जना बाहिरिएका छन् । १३ जना प्रतिस्पर्धी मध्ये अल्का नेपाली र अन्जु परियार बाहिरिएका डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।








