पूर्वराजा ज्ञानेन्द्र शाह यहि महिना कपिलवस्तु आउँदै छन् ।
जिल्लाको शिवराज नगरपालिकामा निर्माण सम्पन्न पृथ्वीनारायण शाहको सालिकको अनावरण गर्न पूर्वराजा शाह आगामी पौष १४ गते कपिलवस्तु आउने भएका हुन् ।
शिवराज नगरपालिकाका मेयर अजय थापाको अगुवाइमा शिवराजमा पृथ्वीनारायणको सालिक निर्माण भएको हो । थापा राप्रपाबाट निर्वाचित मेयर हुन् ।








