गृहपृष्ठ Featured गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न छलफल

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न छलफल

बुटवल ।

गौतमबुद्ध बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै एक सातादेखि आन्दोलनरत पक्षसंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ ।

रुपन्देहीका ३२ वटा व्यवसायिक र सामाजिक संघसंस्था आवद्ध सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनको माग गर्दै विमानस्थलको गेटमा एक सातादेखि धर्ना बसेर आन्दोलन गरिरहेको छ ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिटै नियमित सञ्चालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार