सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइछेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए ।
तर सिटी एकै क्यालेन्डर इअरमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बन्यो । गत सिजन प्रिमियर लिग र एफसी कपसहित च्याम्पियन्स लिग जितेर ट्रेबल उपाधि जितेको सिटीले अगष्टमा युइएफए सुपर कप पनि जितेको थियो ।
वर्षको अन्तिममा क्लब विश्वकप पनि जितेपछि सिटीले एउटा च्याप्टर सकाएको म्यानेजर पेप ग्पार्डिओलाले बताए ।