वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगाबाट गाइ काटेको आरोपमा ३ जना प्रकाउ परेका छन । नगरपालिका वडा न ः १० भावपुरमा गाइ काटी गाईको मासु भाग लगाउदैँ गर्दा प्रहरीले ३ जनालाई प्रकाउ गरेको हो ।
शनिबार अबेर ८ बजेको समयमा बाणगंगा १० भावपुरमा सुरज बिकको घरमा गाई काटी भाग लगाएको सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझिको नेतृत्वमा गएको प्रहरी टोलीले बिकसहित ३ जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा सुरज बिकसहित कपिलवस्तु बुद्धभुमी १० हरिहरपुर बस्ने बर्ष ५५ का बर्साति थारु र रुपन्देही जिल्ला कञ्चन गाउपालिका ५ बस्ने बर्ष ३० का श्रीधर टमरा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालतमा ५ दिन म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट अन्दाजी १०० केजि गाइको मासु समेत प्रहरीले बरामद गरेको छ ।








