गृहपृष्ठ Featured प्यूठानमा आमा छोरा झुन्डिएको अवस्थामा फेला

प्यूठानमा आमा छोरा झुन्डिएको अवस्थामा फेला

बुटवल ।

प्यूठानको झिमरुक गाउँपालिका- ३ सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन्।

स्थानीय ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्। उनीहरु सानिमा छोरा हुन्। बिशालकी आमाले छोडेर हिडेपछि बावु कृष्ण बहादुरले बिष्णा संग बिवाह गरेका थिए।

काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा  पुगेको  प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सूरु गरेको छ। मृतकका श्रीमान् कृष्ण बहादुर खड्का मजदुरीका लागि भारतमा छन्।

हिजो सांझ बाट घर नगएका उनीहरु आज खोजी गर्ने क्रममा काफलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको झिमरुक गाउपालिका वडा नं ३ का वडाध्यक्ष मिन बहादुर खत्रीले बताए।

मजदुरीका लागि भारतमा रहेका कृष्ण बहादुरलाई खवर गरि सकिएको र उनी आएपछि थप प्रक्रिया अगाडी बढाउने वडाध्यक्ष खत्रीले बताए।

प्रहरी टोली आई पुगेर कानूनी प्रक्रिया सूरु गरेको छ। मृतकका श्रीमान आई पुगेपछि अन्तेष्टिको काम अगाडी बढने छ उनले भने।

सम्बन्धित् समाचार