गृहपृष्ठ Featured रुपन्देहीको मर्चवारीमा ७ वर्षीया बालिकाको हत्या

रुपन्देहीको मर्चवारीमा ७ वर्षीया बालिकाको हत्या

बुटवल ।

रुपन्देहीको मर्चवारीमा सात वर्षीया बालिकाको हत्या भएको छ । शुक्रबार दिउँसोदेखि हराइरहेकी गाउँपालिका–१, इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या गरी फालेको अवस्थामा शनिबार शव फेला परेको रूपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटना शंकास्पद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

सम्बन्धित् समाचार