गृहपृष्ठ Featured राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल

राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल

दाङ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण  सफल भएको छ ।

गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

‘राप्ती नदीको पानीमा पर्यटन व्यवसाय सञ्चालनका लागि र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेका थियौं, प्राविधिकहरुले परीक्षण गर्दा र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ भन्नुभएको छ’ पोख्रेलले भने ।

र्‍याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।

सम्बन्धित् समाचार