दार्चुला ।
दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाकाे ज्यान गएको छ ।
भिरबाट खसेकाे ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आज आइतवार दिउँसो घर नजिकैकाे सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेकाे लागेर बडाल घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिनुभयाे ।








