परासी ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा नै कच्चा पदार्थ पाइने उद्योगमा प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
भएका उद्योग बन्द हुँदै जाने र विदेशी वस्तुको मात्र आयातले गर्दा मुलुकमा आर्थिक मन्दीको अवस्था आएको भन्दै उनले उत्पादनमुखी आर्थिक गतिविधि संचालन गर्न आग्रह गरे ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-९ मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र स्वास्थ्य राज्यले सुनिश्चित गर्नुपर्ने बताए ।
आफ्ना नागरिकको शिक्षा र स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भन्दै उनले तीनै तहको सरकार मिलेर प्राविधिक शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ बनाउन लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले प्लस टुको अध्ययनपछि युवाहरु धमाधम विदेश पलायन हुनुको कारणबारे समीक्षा गर्ने समय आएको बताए ।








