गृहपृष्ठ Featured कपिलवस्तुमा मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिदाँ एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिदाँ एक जनाको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ ।

 

विहिबार कपिलवस्तु नगरपालिका- १० पचेहरामा भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका- ३ निवासी प्रदेशी कसौधनको मृत्यु भएको हो ।

लु ५ प ६७४९ नम्बरको मोटरसाईकल र लु २ त ११६४ नम्बरको ट्याक्टर एकआपसमा ठोकिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वैखरीलाई जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार