सागर वि.क., वैखरी अनलाईन ।
कुनै समय एउटा सानो टिउसन सेन्टरको रुपमा स्थापित थियो ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ । जसका संचालक थिए असिम कँडेल क्षेत्री । सानो लगानीमा बाणगंगा नगरपालिका ४ गजेहडामा असिमले स्थापना गरेको यो शैक्षिक संस्था सायदै कसैले सोचेका थिएनन् अहिले यो सफलता हासिल गर्दै यतिसम्म चर्चा बटुल्न सक्छ होला भन्ने । यसै संस्थाको नाम अहिले थप व्यापक भएको छ, जुन नाम हो ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ ।

जसले हालसम्म हजारौं विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा दिलाउँदै दक्षिण कोरिया र जापान पठाएको छ । दक्षिण कोरिया जानका लागी पास गर्नुपर्ने ईपिएस परिक्षामा उत्कृष्ट अंकका साथ विद्यार्थीलाई यस शैक्षिक संस्थाले उर्तिण गराउन सफल हुदैं आएको छ ।
यो सबै प्रसंग उठेको थियो शनिबार भएको ईपिएस कोरियन भाषा परिक्षा उर्तिण विद्यार्थीहरुलाई विदाई तथा सम्मान कार्यक्रममा ।

कार्यक्रममा बोल्ने हरेक वक्ताहरुले भन्ने एउटै वाक्य थियो ‘विधार्थीहरुको पहिलो रोजाई ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ ।’ कार्यक्रमका प्रमुख अतिथि रहेका लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु प्रसाद पन्थी, बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले समेत ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशनको प्रसंशा गर्न छाडेनन् ।
उनीहरुले प्रसंशासंगै निजामती सेवा क्षेत्रमा लाग्न मद्दत गर्ने विभिन्न आयोगका कक्षाहरु संचालन गर्न सुझाव समेत दिए । देशमा वेरोजगारीको अवस्था व्यापक भएको बताउँदै उनीहरुले वैदेशिक रोजगारी दिर्घकालीन समस्याको समाधान नभएकोमा जोड दिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ ले यसरी फड्को मार्नुको पछाडि संचालक असिम कँडेल क्षेत्रीको कार्य कौशलताले मात्र सम्भव भएको बताएका थिए । ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थी, प्रशिक्षक, कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार हरि आचार्यले गरेका थिए ।








