गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघमा गणेश क्षेत्रीको नेतृत्वमा उम्मेदवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य संघमा गणेश क्षेत्रीको नेतृत्वमा उम्मेदवारी घोषणा

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी गणेश बहादुर क्षेत्रीको नेतृत्वमा उम्मेदवारी घोषणा
भएको छ । आगामी माघ २३ गते हुने कपिलवस्तु उद्योग बाणिज्य सघंको १६औँ साधारण सभा तथा ८औँ अधिवेशनका लागी क्षेत्रीको नेतृत्वमा उम्मेदवारी घोषणा भएको हो ।

क्षेत्रीले यसभन्दा अगाडि नै कपिलवस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्ष र सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । क्षेत्री यस क्षेत्रका लोकप्रिय व्यवसायीका रुपमा परिचित छन् । क्षेत्री बाणगंगा नगरपालिका वडा नं.४ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

सोमबार बसेको यस क्षेत्रका व्यवसायीहरुको बैठकले क्षेत्रीलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो ।

बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा भएको सो बैठकले एसोसियट उपाध्यक्षमा राम जि सेन र वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाललाई उठाउने निर्णय गरेको छ ।

एसोसियट उपाध्यक्ष पदका उम्मेदवार राम जि सेनले यसअघि नै कपिलवस्तु उद्योग बाणिज्य संघका विभिन्न जिम्मेवार पदमा रहि काम गरी सकेका छन् भने उनी इट्टा व्यवसायीका रुपमा परिचित छन् । त्यस्तै वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार शालिकराम भुसाल निवर्तमान उपाध्यक्ष हुन् । उनी मिल व्यवसायीका रुपमा परिचित छन् ।

साथै यता बैठकले अन्य व्यवसायीसंग सहमति र सहकार्य गर्न पहल भई रहेको र त्यसलाई अझ केही दिन निरन्तरता दिने निर्णय भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराईले वैखरीलाई जानकारी दिए । सकेसम्म सहमति र सहकार्यमै नयाँ नेतृत्व चयन गर्न आफुहरु लागी रहेको भट्टराईले बताए ।

साथै अन्य ब्यवसायीसंग मंगलबार छलफल गरी आवश्यक अन्य पदमा पनि प्यानल बनाएर जाने उनको भनाई छ ।

सम्बन्धित् समाचार