गृहपृष्ठ Featured पोल्यान्ड पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ : मासिक २ लाख तलबको प्रलोभन

पोल्यान्ड पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ : मासिक २ लाख तलबको प्रलोभन

काठमाडौं ।

पोल्यान्ड पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय गिरिस विलास जोशीलाई पक्राउ गरेको हो।

उनले सुस्मिता थापालाई पोल्यान्ड पठाइदिन्छु भन्दै पटक-पटक गरी ६ लाख ठगी गरेका थिए। प्रहरीका अनुसार उनले पोल्यान्डको प्रतिष्ठित होटलमा वेटरको काम मिलाइदिने र मासिक दुई लाख तलब पाउने प्रलोभन देखाएका थिए।
त्यसका लागि प्रतिव्यक्ति ३० लाख लाग्ने उनले बताएको प्रहरीको भनाइ छ।

सम्बन्धित् समाचार