बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ७ मोतिपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु।२ च ७३८७ नम्बरको
बलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालक गजेहडाका ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको पिपरा प्रहरी प्रमुख गोपाल रायमाझीले जानकारी दिएको छ ।
आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक रौतारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।








