गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंमा क्षेत्रीे नेतृत्वको सबै पदाघिकारीको उम्मेवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंमा क्षेत्रीे नेतृत्वको सबै पदाघिकारीको उम्मेवारी घोषणा

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको आसन्न निर्वाचनका लागी गणेश बहादुर क्षेत्री अध्यक्ष नेतृत्वको साझा ब्यवसायिक प्यानलमा सबै पदाधिकारीको घोषणा भएको छ । आज यस क्षेत्रका लोकप्रिय ब्यवसायिहरुको सर्वपक्षिय बैठकले क्षेत्री नेतृत्वको ब्यवसायिक प्यानल घोषणा भएको हो ।

जसमा बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारीले उम्ेदवारी दिने निर्णय भएको छ । त्यस्तै महिला उपाध्यक्षमा मिना पौडेल, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सह कोषाध्यक्षमा बसन्त कडेलले उम्मेदवारी दिने निर्णय भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष तथा लोकप्रिय ब्यवसायी बिष्णु प्रसाद न्यौपानेले वैखरीलाई जानकारी दिए । त्यस्तै महिला खुला सदस्यतर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरेले  उम्मेदवारी दिन निर्णय भएको पुर्व अध्यक्ष न्यौपानेले बताए ।

यता क्षेत्रीको नेतृत्वमा रहेको साझा ब्यवसायिक प्यानलमा यसअघिनै बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल , एसोसियट उपाध्यक्षमा रामजि सेन, महासचिवमा नवदत्त घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै भट्टराईले क्षेत्री नेतृत्वको प्यानललाई सर्वसम्मत बनाउँनका लागी सहमति, सहकार्य र छलफलका लागी निरन्तरता समेत दिने बताए । पछिल्लो समयको आर्थिक मन्दी, ब्यवसायिक पिडालाई मध्यनजर गर्दै क्षेत्री प्यानललाई सर्वसम्मत बनाउन आफुहरु लागी रहेको उनले बताए ।

 

सघंको यही माघ २३ गते १६ औ साधारण सभा तथा ८ औँ अधिवेशन सघंको सभाहल चार नम्बर जितपुरमा हुदैँछ ।

सम्बन्धित् समाचार