भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन शुक्रबार बलियो सुरुवात गरेको छ । उसका लागि ओपनर यशस्वी जयसवालले नटआउट शतक बनाएका छन् ।
दिनको खेल समाप्त हुँदा भारतले छ विकेट गुमाएर ३ सय ३६ रन बनाएको छ । त्यसमा यशस्वी १ सय ७९ रन बनाएर खेलिरहेका छन् । उनले १७ चौका र पाँच छक्का प्रहार गरेका छन् ।
अर्का नटआउट ब्याटरमध्ये रविचन्द्र आश्विन पाँच बनाएर खेलिरहेका छन् । भारतका अन्य ब्याटरले सुरुवात लिए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । शुभमन गिलले ३४ र रजत पाटिडरले ३२ रन बनाए ।
अब दोस्रो दिन यशस्वी दोहोरो शतकको प्रयासमा हुनेछन् । पाँच टेस्टको शृंखलामा इंग्ल्यान्ड १–० ले अगाडि छ ।








