वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लु ४ त ५१११ नम्बरको ट्याक्टरले लु ५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको बुद्ध पोलिक्लिनिक गोरुसिंगेमा उपचार भईरहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








