वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा अवस्थित बुद्धरंशालामा जारी प्रथम जिल्ला स्तरिय ‘सेभेन ए साईड’ नकआउट फुटवल प्रतियोगिताको दास्रो दिन बुधबार दुई खेल भएका छन् ।
थर्ड आई ग्रुप चारनम्बरको आयोजनामा भएको उक्त प्रतियोगिता मंगलबारदेखि सुरु भएको थियो । खेल संयोजक रोशन सेनका अनुसार दास्रो दिनको पहिलो खेलमा द फ्रेन्ड्स क्लव क्लव विजयी भएको छ । फ्रेन्ड्सले फ्रिड्म फाउण्डेसनलाई ३−० गोल अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा न्यु बुद्ध ल्याण्ड युवा क्लव विजयी भएको संयोजक सेनले जानकारी दिए ।
बुद्ध ल्याण्डले गजेहडा युनाईटेडलाई पेनाल्टी सुट आउटमा २–१ ले गोल अन्तरले जित हात पारेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
भोलि विहिबार २ खेल हुने छन् । खेल संयोजक सेनका अनुसार पहिलो खेल दिउँसो १ बजे दिप ज्योति युवा क्लव र मनहरापुर युवा क्लवबीच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे शान्ति दिप युवा क्लव र बाणगंगा वेयलफेयर सोसाईटीबीच हुने छ ।
उनले यस प्रतियोगिताको फाईनल फागुन ९ गते हुने बताए । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ ।








