गृहपृष्ठ Featured दिल्लीको गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

दिल्लीको गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् ।

धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।

आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित् समाचार