गृहपृष्ठ Featured भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० सुरु

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० सुरु

रुपन्देही ।

शुक्रबारदेखि रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले लुम्बिनीको विकास भनेको यो देशको विकास भएको बताए । उनले लुम्बिनीको विकासले मुलुकको विकासमा टेवा पुग्ने जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्य तथा लुम्बिनी प्रदेशका स्थानीय तहहरुको सहयोगमा सम्मेलन सुरु भएको हो ।

मन्त्री पाण्डेले गौतमबुद्धको नामबाट अन्तर्राष्ट्रिय विमानस्थल बनेको र यो विमानस्थल सञ्चालनका लागि दबाब दिन उद्योगी व्यवसायीको नेतृत्वमा विभिन्न कार्यक्रम भएको बताए । उनले सरकारमा रहेर वा सरकाबाट बाहिरिएर भए पनि विमानस्थल चलाएर छाड्ने बताए । उनले पर्यटनका माध्यमले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए ।

जनताको मतबाट जितेर आफूहरु लुम्बिनी प्रदेश सरकारमा रहेकाले राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० मा सरकारले सहयोग गरेको नबुझिदिन आग्रह गरे । ‘भगवान गौतमबुद्धको पवित्रभूमि लुम्बिनी प्रदेशको भैरहवामा सम्मेलन आयोजना गर्नुभएको छ । सरकारले यहाँहरुलाई सहयोग गरेको नबुझिदिनुहोला । प्रदेश सरकारले आफ्नो दायित्व निर्वाह गरेको हो, ’उनले भने ।

महिला बिना सृष्टिको नै परिकल्पना गर्न नसकिने भएकाले महिलाले आफूलाई कमजोर नसोच्न उनको आग्रह छ । स्थानीय तहको प्रमुख÷उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था संविधानमै रहेको र नेपालमा दुईपटक महिला राष्ट्रपति भइसकेको बताए ।

सम्बन्धित् समाचार