गृहपृष्ठ Featured लुम्बिनीमा सञ्चार समन्वय परिषद्लाई पूर्वाग्रह साँधेर कामविहीन बनाएको आरोप

लुम्बिनीमा सञ्चार समन्वय परिषद्लाई पूर्वाग्रह साँधेर कामविहीन बनाएको आरोप

रूपन्देही ।

लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्ले राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशका आमसञ्चार माध्यमहरूको व्यवस्थापन तथा सरकार आमसञ्चारबीच समन्वय गर्ने निकायका रूपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहीन बनाएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

लीला गिरीको पालामा समितिको गठन नियमावली बनाए सञ्चार माध्यम ऐन २०७९ को दफा ५२ को उपदफा २ को खण्ड ‘क’ बमोजिम नियुक्ति गरिएका व्यक्तिहरूलाई वर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अधिकारविहीन बनाएको उनीहरूको गुनासो छ ।

आफूहरूलाई अधिकारविहीन बनाएकोप्रति समितिका अध्यक्ष यमबहादुर गाहासहितका सदस्यहरूले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताएका छन् । समिति सदस्यहरूमा सम्झना शर्मा, पार्वती पाण्डे, रुद्र सुवेदी, वसन्त आचार्य र सरला सुवेदी रहेका छन् ।

सम्बन्धित् समाचार