गृहपृष्ठ Featured अब बाणगंगा नगरपालिकावासीलाई निःशुल्क रगत !

अब बाणगंगा नगरपालिकावासीलाई निःशुल्क रगत !

कपिलवस्तु ।

अब कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकावासीलाई निःशुल्क रगत उपलब्ध हुने भएको छ । बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिकाबीच निःशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो ।

बुटवल–भैरहवाको रक्तसंचार सेवामा सहयोग पुग्ने गरि सेवा प्रवाह गरेबापत बाणगंगा नगरपालिकाबाट बार्षिक न्यूनतम एक लाख रुपैयाँ अनुदान सहयोग गर्ने गरि सम्झौता भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

२०८१ को असार मसान्तसम्मका लागी भएको उक्त सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख चक्रपाणी अर्याल र रक्तसंचार सेवा बुटबलको तर्फबाट सभापति दिपक क्षेत्री न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अवधि पुन थप्न सकिने समेत स्पष्ट पारिएको छ ।

निःशुल्क रगतको सेवा लिन बिरामीका आफन्तले बिरामी नगरवासी भएको प्रमाणित हुने प्रमाणको प्रतिलिपि देखाउनुपर्ने छ । नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुले भने कर्मचारी परिचय पत्र देखाए पुग्ने छ ।

सम्बन्धित् समाचार