गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिका- २ द्धारा बिपन्न परिवारलाई जस्तापाता वितरण

कपिलवस्तु नगरपालिका- २ द्धारा बिपन्न परिवारलाई जस्तापाता वितरण

कपिलवस्तु ।

नगरलाई नै फुसको छानोमुक्त बनाउने अभियान अन्र्गत कपिलवस्तु नगरपालिका- २ ले ५२ बिपन्न परिवारलाई रगीन जस्ता-पाता वितरण गरेको छ । वडा भित्र रहेको बिपन्न परिवारको पहिचान गरी उनीहरुलाई जस्तापाता बितरण गरिएको हो ।

वडाध्यक्ष अशोक कुमार गुप्ताले वडा कार्यालयमा बिपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरलाई फुसको छानोमुक्त बनाउन १२ वटै वडामा बिपन्न परिवारलाई जस्तापाता बितरण अभियान जारी रहेको बताए ।

सम्बन्धित् समाचार