गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा दुर्घटना : मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा दुर्घटना : मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पिकअप गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदाँ मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सो नगरपालिकाको वडा नं.४ मा पर्ने झडुलामाई मन्दिर नजिकै उक्त दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जादैं गरेको लु ३ च ४३८३ नम्बरको पिकअप गाडीले विपरित दिशाबाट आईरहेको लु १३ प १८१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका स्थायी भएका ५६ बर्षीय सित्तल कहाँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उक्त दुर्घटना बुधबार साँझ करिब साढे ५ बजेतिर भएको हो ।

मृतक कहाँरले बुद्धभूमि नगरपालिका- ४ बुड्ढी चोकमा नास्ता पसल गर्दै आएका थिए ।

पिकअप चालक हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार