गृहपृष्ठ Featured शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ ।

जिल्ला अदालत काठमाडौँले शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने वाइबा १६ फागुनमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेकी हुन् ।

उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा कुटपिट गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको छ ।

वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई उनले कुटपिट गरेका आरोप छ ।

सम्बन्धित् समाचार