गृहपृष्ठ Featured गोरुसिंगेबाट अबैध रुपमा भित्राइएको ३५ बोरा चिनी बरामद

गोरुसिंगेबाट अबैध रुपमा भित्राइएको ३५ बोरा चिनी बरामद

कपिलवस्तु ।

भारतबाट अबैध रुपमा भित्राइएको सवाँ लाख मुल्यको चिनी कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेको अर्घाखची चोकमा बरामद गरिएको छ ।

चन्द्रौटादेखि अर्घाखाँचीतर्फ जादै गरेको लु २ च ९६७३ नम्बरको पिकअपमा लोड भएको अवस्थामा ३५ बोरा चिनी बरामद गरिएको हो ।

प्रहरीले खानतलासी गर्दा सो गाडीमा १ लाख २२ हजार ५ सय मुल्याको चिनी बरामद गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

सम्बन्धित् समाचार