रुपन्देही ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा भने नरम देखिएको छ । वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज दिउँसो क्याविनेट बोलाएका थिए ।
मंगलबारको बैठकले प्रदेश सरकारले लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन हाललाई स्थगित गर्ने र बदलिँदो परिस्थितिअनुसार सरकार सञ्चालन गर्ने निर्णय भएको मन्त्री राणाले बताए । मंगलबारको बैठकमा मुख्यमन्त्रीसहित ७ जना सहभागी थिए ।
माओवादीबाट मन्त्री बनेका अर्थमन्त्री धनबहादुर मास्की गएका थिए भने नमूना केसी अनुपस्थित थिइन् । माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरीले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने भएपनि तत्काल सरकारबाट नबाहिरिने जनाएका छन् ।








