तिलोत्तमा ।
रुपन्देहीमा प्रहरीले अवैध चिनी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।
डीएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको हो ।
बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलिहयामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।








