गृहपृष्ठ Featured सार्वजनिक बसमा यात्रु लुट्ने भारतीय नागरिक पक्राउ

सार्वजनिक बसमा यात्रु लुट्ने भारतीय नागरिक पक्राउ

पर्सा ।

सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं २ का ३७ वर्षीय अखिलेश कुमार साह छन् । उनलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

उनले बुधबार नारायणघाटबाट वीरगन्जतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउपालिका-८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस् पारी उनीसँग रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी फरार भएका थिए ।

प्रहरीले खोजतलासको क्रममा वीरगन्ज महानगरपालिका–१६ भानुचोकबाट बुधबारनै साहलाई पक्राउ गरेको थियो ।

साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइल समेत बरामद भएको थियो । प्रहरीले साहलाई शुक्रबार सार्वजनिक गरेको हो ।

सम्बन्धित् समाचार