भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पूरा गरेर भूमिसम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।
एमाले बाणगंगा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धीका समस्या समाधानका लागि आत्तिएरभन्दा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताए।
मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
उनले मन्त्रालय मन्त्रालयबीच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रूपमा गर्न आफू लागि पर्ने धारणा राखे।
जनताका लागि काम गर्दा आफूलाई पदको कुनै मोह नरहेको उनले बताए।








