गृहपृष्ठ Featured बुटवलमा वाफ उपविजेता नेपाली टोलीलाई १० लाख सहयोग

बुटवलमा वाफ उपविजेता नेपाली टोलीलाई १० लाख सहयोग

काठमाडौं ।

डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका-११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन् ।

साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भएकोले महिला टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको बताएका छन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम उपलब्ध गराइसकेका छन् ।

लामाले गुरुङकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताइन् । वाफ खेल्ने नेपाली टोलीमा २३ खेलाडी रहेका छन् ।

सम्बन्धित् समाचार