गृहपृष्ठ Featured आईपीएल : आज साविक विजेता चेन्नई र उपविजेता गुजरात भिड्दै

आईपीएल : आज साविक विजेता चेन्नई र उपविजेता गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज पनि एक मात्र खेल हुँदैछ। आज हुने खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र साविक उपविजेता गुजरात टाइटन्सबीच खेल हुनेछ।

चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।

हालसम्म जारी सिजनमा समान १/१ खेल खलेको दुबै टोलीले जित पनि समान १/१ हासिल गरेको छ। तर, अङ्कको आधारमा भने चेन्नईभन्दा गुजरात एक स्थाल तल रहेको छ।

गत सिजनमा ५ विकेटले जित हात पारेको चेन्नईले आजको खेलमा पनि गुजरातमाथि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ भने गुजरात पनि गत सिजनमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

यसपटकको सिजनमा भने दुबै टिमको कप्तानी नयाँ खेलाडीले गरिरहेका छन्। ऋतुरात गायक्वाड चेन्नईको नयाँ कप्तान बनेका छन् भने शुभमन गिल गुजरातको मोर्चा सम्हालिरहेका छन्। दुबै टिमका कप्तानमाथि जितको जिम्मेवारीका साथै दबाब पनि छ। आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

सम्बन्धित् समाचार