रुपन्देही ।
रुपन्देहीमा ७० वर्षीया महिलालाई कुटपिट गरी हत्या गरिएको छ । यो अभियोगमा सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षको प्रभुनाथ थारु रहेका छन् ।
घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीका प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर तल्काल घाइतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा वृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।








