गृहपृष्ठ Featured आज आईपीएलमा गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई भिड्दै

आज आईपीएलमा गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई भिड्दै

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच खेलिने छ ।

उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेलिने छ । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । गुजरात र हैदराबादबिचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । यो गुजरातको घरेलु मैदान हो ।

आईपीएलको इतिहासमा यी दुई टोलीबिच केही समान चरित्र देखिन्छ । जारी आईपीएलमा यी दुवै टोलीले तेस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोलीले यसअघि एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेका छन् । यी दुवै टोलीले हालसम्म एक–एक पटक आईपीएलको उपाधि चुमेका छन् ।

सम्बन्धित् समाचार