अडियाला जेलमा तोशाखाना भ्रष्टाचार मुद्दाको सुनुवाइको क्रममा न्यायाधीश नासिर जावेद राणालाई खानले पत्नी बुशरालाई विष दिने प्रयास गरिएको बताएका हुन् । उनको शरीरमा चोटको निशान रहेको पनि उनले बताए । ‘मलाई थाहा छ यसको पछाडि कसको हात छ ।’ अझ अगाडि खानले भनेका थिए ।
बुशरालाई केही भइहाल्यो भने यसको जिम्मेवार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीर जिम्मेवार हुने उनले बताएका छन् । एउटा गुप्तचर एजेन्सीका सदस्यले इस्लामाबादस्थित आफ्नो निजी निवास र रावलपिंडीको अदियाला जेलमा सबै कुरा नियन्त्रण गरिरहेको उनको भनाई थियो ।
इमरान खानले शौकत खानुम अस्पतालका डा. असिमबाट बुशराको स्वास्थ्य परीक्षण गराउन आदेश दिन अदालतमा अपिल गरेका छन् । यसअघि उनीहरूको जाँच गरेका चिकित्सकमाथि आफू र पार्टीलाई विश्वास नभएको पनि उनले बताए ।