जवाफमा पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय रनको लक्ष्य पूरा ग¥यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलेका थिए भने आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।
गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिएका थिए ।
त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन ।
साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।
आइपीएलको यो सिजनमा ४-४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।