यसअघि ओपनर अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई शानदार सुरुवात दिलाएका थिए । उनले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रनको योगदान दिए ।
हेनरिच क्लासेनले नटआउट रहँदै १० र नितिश कुमार रेड्डीले १४ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए । चेन्नईका लागि मोइन अलीले २ तथा दीपक चाहर र महिश थिकशानाले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुवेले २४ बलमा ४५ रनको शानदारी इनिङ्स खेले । उनले दुई चौका र ४ छक्का हिर्काए ।
त्यस्तै, रवीन्द्र जडेजाले २३ बलमा ३१ रन बनाए भने अजिंक्या रहानले ३० बलमा ३५ रनको योगदान दिए । कप्तान रुतुराज गैयकवाडले २१ बलमा २६ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले १–१ विकेट हासिल गरे ।
जितपछि ४ खेलबाट ४ अङ्क बटुल्दै हैदराबाद पाँचौँ स्थानमा रहेको छ । चेन्नईको समान अङ्क भए पनि नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।