वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-२ कप्टैयास्थित जंगलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझिले वैखरीले जानकारी दिए ।
मृतक पुरुष कप्टैयाकै स्थानीय ५० बर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कंचन गाउँपालिका ५ निवासी ४५ बर्षीया यमकला राना भएको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको शव नजिकै शंकास्पद विषाधी फेला परेको थियो । उनीहरुले उक्त विषाधी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोष्मार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








