गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश पर्यटन विभागको प्रमुखमा कपिलवस्तुकी रिना नेपाल

कांग्रेस लुम्बिनी प्रदेश पर्यटन विभागको प्रमुखमा कपिलवस्तुकी रिना नेपाल

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश पर्यटन विभाग प्रमुखमा कपिलवस्तुकी रिना नेपाल विक मनोनित भएकी छिन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एक मनोनयन पत्रमार्फत उनलाई पर्यटन विभाग प्रमुखमा मनोनयन गरिएको जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को परिच्छेद ४ को धारा १३ को उपधारा ११ मा ब्यबस्था भए बमोजिम तपाईलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश पर्यटन विभागको प्रमुख पदमा मनोनयन गरिएको छ । नेपाली कांग्रेसको विधान, नियमावली तथा नीति, निर्देशन बमोजिम कार्य सफल गर्नु हुनेछ भन्ने कुरामा विश्वस्त छु ।,’ उक्त मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ मनोनयन पत्र

मनोनित रिना नेपाल विक लुम्बिनी प्रदेश सरकारकी पूर्वराज्यमन्त्री हुन् । उनले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

सम्बन्धित् समाचार