कप्तान श्रीयस अय्यर र सुनिल नारेनले पारि अघि बढाउन खोज्दा नारेन २७ रन बनाएर तेस्रो विकेटको रुपमा पभेलियन फर्किए । उनले २७ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे । टिमको स्कोर ८.२ ओभरमा ८४ रन पुगेका बेला बेंकटेस अय्यर ३ रन बनाएर आउट भएका थिए । रमनदीप सिंहले १३ रन जोड्दा रिंकु सिंहले ९ रनको पारि खेले । रिंकु आउट हुँदा कोलकाताले १६.४ ओभरमा ११२ रन बनाएको थियो । आन्द्रे रसेलको पारि पनि खास रहेन ।
उनी १० रन बनाएर आउट भएका थिए । मिचेल स्टार्कले खाता खेल्न सकेनन् भने त्यसअघि ३४ रनको सर्वाधिक ठुलो पारि खेलेका कप्तान श्रीयस अय्यर आउट भए । उनले ३२ बलमा तीन चौका प्रहार गरेका थिए । अनुकुल रोय तीन तथा विभव अरोरा एक रनमा नटआउट रहँदा कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो ।
चेन्नाईका तुसार देशपाण्डे र रविन्द्र जडेजाले तीन–तीन विकेट लँदा मुस्फिजुर रहमानले दुई विकेट लिए । १३८ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईले सहजरुपमा जित निकाल्न सफल भयो । मध्यम सुरुआत गरेको चेन्नाइका लागि रचिन रविन्द्रले आठ बलमा १५ रनको पारि खेल्दा तीन चौका प्रहार गरे ।
त्यसपछि कप्तान ऋतुराज गायकवाड र डिरेल मिचेलले मोर्चा सम्हालेका थिए । मिचेल १९ बलमा २५ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरेर क्रिजबाट विदा भए । त्यसपछि गायकवाड र शिवम दुवे मिलेर टिमलाई जित नजिक लगेका थिए । दुवेले १८ बलमा २८ रनको पारि खेल्दै आउट हुँदा तीन छक्का र एक चौका प्रहार गरे ।
एक छेउँमा डटेका कप्तान गायकवाडले ५८ बलमा ६७ रनको नटआउट पारि खेल्दा नौं चौका प्रहार गरे । उनलाई महेन्द्रसिंह धोनीले १ रनको नटआउट पारि खेलेर साथ दिँदा १७.४ ओभरमा ३ विकेट गुमाएर चेन्नाई विजयी भयो । कोलकाताका लागि विभव अरोराले दुई तथा सुनिल नारेनले एक विकेट लिए ।
आइपीएल अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजे पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद आमने सामने हुने छन् । दुवै टिम तेस्रो जितको खोजीमा मैदान उत्रने छन् ।