कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री विष्णु पन्थीलाई मातृ शोक परेको छ ।
प्रदेश सभा सदस्य पंथीकी माता इन्द्रकला पन्थीको ८२ वर्षको उमेरमा शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो ।
स्वर्गीय इन्द्रकला पन्थीको आजै लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।








