अर्घाखाँची ।
जिल्लाको मालारानी गाउँपालिका ६ साकिन्धारास्थित कुकुरगाडे जंगलमा एक किशोरी मृत फेला परेकी छन् । मंगलबार साकिन्धाराको जंगलमा १७ वर्षीय किशोरी रोशनी रानाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त शब सडेगलेको अवस्थामा फेला परेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।








