गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुको बुद्धभुमीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

वैखरी अनलाइन, बुद्धभुमी ।
कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको हो ।

सम्बन्धित् समाचार