वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ बैरियामा रहेको जयभूमि बिज्नेस ग्रुप प्रा.लि. अहिले कृषकहरुको साथी बनेको छ । यस ग्रुपमा उपलब्ध कृषि सामग्री कृषिकको पहिलो रोजाई बन्दै गएपछि जयभूमि कृषकको साथी बनेको हो ।

ग्रुपका संचालक टिआर पाण्डेले अहिले यस क्षेत्रका कृषकहरुलाई कृषि सामग्री लिन बुटवल, भैरहवा तथा अन्य जिल्लाहरुमा धाउनुपर्ने बाध्यताको अन्त्यका भएको बताए । उनले कृषि सम्बन्धि साना तथा ठूला यन्त्र उपकरणहरु आफुहरुले सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको बताए । सुरुवाती चरणमा केही चुनौतीहरु देखिएपछि अहिले क्रमश कम हुदैं गएको सुनाए ।
‘हामीले छिमेकी देश भारत र चिनबाट कृषि उपकरणहरु ल्याउँछौ । सुरुमा नयाँ यन्त्र उपकरणहरु ल्याउँदा यहाँ कृषकहरुले के हो ? कस्तो होे ? भन्ने जिज्ञासा गर्नुभयो,’ उनले भने, ‘ति उपकरणहरुले विविध कारणवश काम गरेन् भने त्यो रिटन हुदैन् । चुनौती त धेरै नै छन्, त्यस्ता चुनौति मोल्दै आएका छौ ।’
कृषकहरुसंग परापर्श गर्दै आवश्यकताका आधारमा कृषि उपकरणहरु उपलब्ध गराउँदै आएको उनले बताए । ‘हामी कहाँ कृषकलाई आवश्यक पर्ने प्राय सबै जसो उपकरणहरु छन्,’ उनले भने, ‘हामी कृषकहरुसंग परामर्श समेत गछौं र सोही अनुसार कृषि उपकरणहरु उपलब्ध गराउँछौं ।’
कृषकहरुबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताउँदै उनले भने, ‘छोटो समयमा धेरै विश्वास माया गर्नु भएको छ । म यो विश्वासलाई कहिलै टुटन दिदैन् ।’
उनले कृषकहरुलाई यन्त्र उपकरणमा अनुदान दिनु भन्दा पनि कृषि उत्पादनमा आधारित अनुदान दिन आवश्यक रहेको बताए ।
‘सरकारले वास्तविक किसानको पहिचान गरि उनीहरुलाई यन्त्र उपकरणमा भन्दा पनि उत्पादनमा अनुदान दिनुपर्छ,’ उनले भने, ‘अनि मात्र कृषिमा क्रान्ति हुन्छ ।’
नेपाल कृषि प्रधान देश नाममा मात्र सिमित भएको बताउँदै उनले कृषिलाई आधुनिकिकरणतर्फ लैजान आवश्यक रहेको बताए ।
‘परम्परागत रुपमा कृषि कार्य गरेर अब कृषिलाई अघि बढाउँन सकिदैन्,’ उनले भने, ‘नेपाल कृषि प्रधान देश भनिन्छ, यो नाममा मात्र सिमित छ । अब कृषिलाई आधुनिकिकरणतर्फ लैजान आवश्यक छ ।’
कृषिको आधुनिकिरणले कम लागत र कम समयमा धेरै कृषि परिणाम हासिल गर्न सकिने उनले बताए ।
संचालक पाण्डेसंग कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरेको बर्षौको अनुभव छ ।








